काठमाडौं । कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको मृत्यु भएको छ ।
बुढाको मृत्युसँगै कोरोना संक्रमणले दुई दिनको फरकमा डोल्लामा दुई जना नेताको ज्यान गएको छ ।
दुई दिन अघि पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिनमै त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको हो ।
बुढा एमालेको जिल्ला नेता हुन भने जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा आप्mनो छवी बनाएका थिए । बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मेयर बुढाको निधन भएको बुढाको पारिवारिक स्रोतले जनाएको छ ।
मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य छिन् । बुढा एमालेबाट मेयरा निर्वाचित भएका थिए ।