सडक खन्ने क्रममा ढुंगा खस्दा अदानचुली २ एक जना बालीका घाइते


काली बहादुर थापा हुम्ला
बैशाख २४ हुम्ला । मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिई ल्याउनको लागि निमार्ण भइरहेको सडक खन्ने क्रममा ढुंगा खस्दा हुम्लाकी एक जना बालीका गम्भिर घाइते भएकी छन् घाइते बालीकालाई टाउकोमा चोट लागि अहिले श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइ रहेको घाइते बालीकाका बुवा हरीचन्द्र भण्डारीले जानकारी दिए ।

घाइते बालीकाका बुवा नेपाली कंग्रेश अदानचुली २ नम्बर वडा कार्यसमितिका सभापति समेत रहेका छन् । उनले घाईते छोरीको अबस्था गम्भिर रहेकाले तत्काल उपचार गर्नको लागि सम्बन्धीत पक्षसँग माग गर्नु भएको छ ।

हुम्लाको अदानचुली २ घर भएकी बालीका कथन भण्डारी हुम्लाकै गल्फगाडमा गहुँ टिपि रहेको अबस्थामा कर्णाली पारीबाट ढुंगाको टुक्रा उर्लेर लागे पछि गम्भीर घाइते भएकी हुँन् । मगु जिल्ला स्थीत सोरु गाउँपालिकाको पाती हाल्ना भन्ने ठाउँमा कार्मु लामाका २ वटा जेसीबी द्धारा सडक निमार्ण गरी रहेको अबस्थामा जेसीबीले फालेको ढुंगा कर्णाली पारीको भिरमा खसी सोही ढुंगाको एक टुक्रा उर्लेर कर्णाली वारी गहुँ टिपि रहेकी बालीकालाई लागेर गम्भीर घाइते भएकी हुँन् ।

तर उक्त सडकका साईट ईन्चार्ज धिरेन्द्र देबकोटालाई भने उक्त कुरा आफुलाई थाहा नभएको प्रतिकृया दिनु भएको छ । कर्णाली वारीबाट पारी ढुंगा गएर बालीकालाई घाईते भएको कुरा अहिले सम्म कसैले पनि आफुहरुलाई जानकारी नपाएको बताउनु भएको छ । उक्त घाइते बालीकालाई उपचार गर्नेबारे ईन्चार्ज देबकोटाले अहिले ढिला भएकाले भोली कार्यालयमा सोधेरमात्र प्रतिकृया दिने बताउनु भयो ।

कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार अन्त्रगतको २ करोड ९२ लाख बराबरको ठेक्का मुगु जिल्लाकै कार्मु लामाले ठेक्का लिनु भएको छ । उनले अहिले सम्म १७ सय मिटर सडक खनी सकेका छन् भने अझै करिब ६ किलोमिटर जती सडक खन्न बाँकी रहेको छ अषाढ २८ गते सम्म सम्पन्न गर्ने गरी सम्झोग गरेको पनि साइट ईन्चार्ज देबकोटाले बताउनु भयो ।

प्रकाशित मितिः     २४ बैशाख २०७८, शुक्रबार २२:५१  |