बर्षाका कारण खानेपानीमा समस्या हुदा दुषित पानी खान बाध्य रोग फैलीन सक्ने स्थानियको चिन्ता


कार्तिक ५ शुत्रबार,हुम्ला । आईतबार राति देखी परेको अबिरल बर्षा संगैको बाढी पहिरोका कारण हुम्लाको अदानचुली गाउपालीका साबिकको श्रीनगरमा खानेपानीको समस्या हुदा याहाका नागरिकहरु दुषित पानि खान बाध्य भएका छन । बिभिन्न ठाउँमा बाढी पहिरोले खानेपानिको मुहान र पाईप बगाए पछि दुषित पानी खान बाध्य भएका छन ।

श्रीनगरका लागि मात्रै बृहत खानेपानि र पुराने पानि गरेर दुई खाने पानिका लाईनहरु रहेका छन भने दबै खानेपानीको पाइप लाईन बाढीले केही भाग बगाएको र केही भाग छोपेको अदानचुली १ का चौकिधार देबी फडेराले बताउनु भएको छ । उहाँका अनुसार पुरानो खानेपानी लाइनको १ किलो मिटर पुद्दुकोट देखी डमर्कु सम्म र बृहत खानेपानीको १ किलो मिटर कोट देखी बनचिउरी सम्म पाइप लाईन बाढीले छोपेको छ भने दुबै खानेपानीको लाईन गरी करिब ७० मिटर पाइप बगाएको बताउनु भएको छ ।

मर्मतका लागि आफुहरु खटिरहेका र अबको चार पाँच दिन मर्मतको काम सकिने बताउनु भएको छ । यस्तो समस्याका बेला चौकीधार मात्र नगई अन्य स्थानिय नागरिक अथावा स्थानिय सरकारले कामदार खटाएर मर्मतमा जुटे छिटो काम सम्पन्न हुने बताउनु भयो । खानेपानिको समस्या भए पछि बर्षाकै कारण बिभिन्न ठाउँमा निस्किएको धमिलो दुषित पानि खान बाध्य भएका छन ।

अदानचुली २ का नागरीकले १ घण्टा पैदल हिडेर केश कार्ने ढुगांमा निस्किएको धमिलो पानी खाएका छन भने अदानचुली ३ का नागरिकले अधेरीखोलाको धमिलो पानि खान बाध्य भएका छन ।

धमिलो दुषित पानि खाँदा स्थानियले गाउमा टाईफइट,हैजा,झाडापखाला,आउँ,हाडी र रुघा खोकी जस्ता रोगहरु फैलीन सक्ने चिन्ता रहेका छन तर धमिलो दुषित पानि खान बाध्य भए पनि याहाको स्थानिय सरकारले कुनै चासो नदेखाएको स्थानियले बतायका छन ।

प्रकाशित मितिः     ५ कार्तिक २०७८, शुक्रबार १७:०४  |