नेपाल टेलीकमको टावर घर भत्कीदा ताजाँकोटबासी सञ्चार बिहीन


१७ कार्तिक बुधबार हुम्ला । गएको १ गते दखि ३ गते सम्म परेको बेमौसमी अबिरल वर्षाको कारण अबरुद्ध भएको नेपाल टेलीकमको घर भत्कीएर टावर अबरुद्ध हुँदा ताजाँकोट बासी अहिले सम्म मर्कामा परेका छन् ।


साबिकको मदनाको चिहि गाउँमा रहेको टावरले त्यतीबेला देखी काम गर्न छोडे पछि त्यहाँका नागरीकहरु सञ्चार सेवाबाट बन्चीत भएका हुँन् ।
वर्षा भएको करिब २ हप्ता बिति सक्दा पनि सम्बन्धीत निकायले ध्यान नदिदा आफुहरु अहिले सम्म पनि सञ्चार सेवाबाट बन्चीत भएको त्यहाँका स्थानीयले बताएका छन् यतीबेला दशै तिहारको लागि घर आएका र घरबाट बाहिर गएका नागरीकहरु आफ्नो गन्तब्य तर्फ गएकाले को कहाँ गए कुनै अत्तोपत्तो नहुँने गरेका बताएका छन् ।

उनिहरुका अनुसार फोन गर्नकै लागि भए पनि निकै टाढाको अग्लो ठाउँमा गएर फोन गर्नु पर्ने बाध्यता रहेको उल्लेख गरेका छन् यतीबेला भाईटिका समत भएकाले टेलीफोन नभएकै कारण टाढा टाढा भएका भाईहरुलाई समेत निम्तो दिन नसकीएको बताएका छन् ।

गएको अबिरल वर्षका कारण चिहिमा रहेको टावरको घरनै भत्कीदा त्यहाँ सबै सामाग्रीहरु बिग्रेकाले म्रमतको लागि टोली खटीसकेोले हिल्साको बिवके हुँदै यहाँका सबै टावरहरु म्रमत गरेर आउने नेपाल टेलीकमका प्राबिधिक राम खातीले बताएका छन ।

प्रकाशित मितिः     १७ कार्तिक २०७८, बुधबार ०७:१८  |