२५ कार्तिक बिहिबार हुम्ला । श्रीनगर स्वास्थ्य चौकीमा नियमित खोप लगाउने कार्य सम्पन्न भएको छ । खोप गत आईतबार बाट सुरु भएको थीयो ।
राष्टिय नियमित तर्फको खोप प्रतेक महिनामा गर्बवती महिला तथा बालबालीका लाई दीईने गरीएको श्रीनगर स्वास्थ्यचौकीका अहेब अशोक महताराले जानकारी दिनुभएको छ । अशोज महीनाको खोप लगाउन तथा खोपमा सलग्न गर्बवती महिला तथा बालबालीकाहरु इस भन्दा पहिले खोप केन्द्र बाट लगाउने गरिएके थियो भने यस पटक स्वास्थ्य क्षेत्रको बिभित कारण श्रीनगर स्वास्थ्य चौकीबाटै दिइएको छ । जसमा आज मात्र बिसिजी खोप १४ जना बालबालीकालाई,डिजिटी पहिलो चरणको खोप ९ दोस्रो चरणको ११ र तेस्रो चरणको १३ जना बालिबालीका लाई लगाईएको छ ।
यस्तै ओपिभी खोप पहिलोचरणको ९ जना,दोस्रो चरणको ११ जना र तेस्रो चरणको १३ जना बालबालिकालाई लागईएको छ भने एफआईपिभि खोप पहिलो चरणको ११ र दास्रो चरणको १३ जना बलशनलिका लाई लगाईएको छ । यस्तै पिसिभी पहलो ९ जना दास्रो ११ जना र तस्रो १९ जना यमआर पहिलो १९ जना दोस्रो १४ जना जेई १० जना गरी ९८ जना बालबालीका लाई खोप लगाईएको छ । यस्तै गर्बवती महिलालाई लगाउने टिडि खोप भने पहलो ८ जना दास्रो ३ जना र पलस पलस खोप १२ जना गरी जम्मा २९ जना महिलालाई खोप दिइएको अहेम महताराले जानकारी दिनुभएको छ ।
यसरी नीयमीत रुपमा लगाईने खोप नछुटाई लगायमा अन्य रोग लाग्न बाट सजीलै लड्न सक्ने क्षमता हुने भएकाले यती बेला स्थानीयहरु स्वास्थ्यचौकीमा पुग्ने गरेका छन । यसपटकमा भने लाम्टे स्वास्थ्य क्लनीक र कल्खे सामुदायीक स्वास्थ्य ईकाईमा खोप नलगीए पछि उत ठाउ बाट पनि स्थानीय खोपको लागी श्रीनगर स्वास्थ्यचौकीमा पुगेका छन । उता वडा न ४ को विगोठी पाम्स लौठी रिल्मका खोप आबद्ध पनि श्रीनगर स्वास्थ्य चौकीमै पुगेर खोप लगाएका छन ।
यसैबिच आज खोप लगाउन आएका गर्बवती महिला तथा बाल बालिका हरुलाई कर्णाली प्रदेश सामाजिक बिकाश मन्त्रालय र बिश्व खाध्य कार्यक्रमको आर्थिक सहयोगमा आएको लिठोपिठा ३ केजीका एक एक प्याकेटे बितरण गरिएको छ ।