चिसो याम लागे संगै अदानचुलीमा रुघा खोकीका बिरामीको संख्या बढ्दै


कार्तिक २५ बिहिबार हुम्ला । चिसो याम लागे पछि हुम्लाको अदानचुली गाउपालिकामा रुघा खोकीका बिरामीको संख्या बढ्न थालेको छ ।

कार्तिक महिनाले छोए पछि शरिरका चिसोपनको महशुस मानिने हुम्लामा यसबेला चिसो संगै रुघा खोकीको संख्या उल्लेखनिय देखिएको छ । ६ वटा वडा रहेको गाउपालिकामा ४ वटा सामुदायिक स्वास्थ्य ईकाई र २ ओटा स्वास्थ्य चौकी गरी ६ वटा स्वास्थ्य गरेको अदानचुलीमा दिनहु रुघा र खोकीका बिरामीको संख्या बढ्न थालेको छ ।

हिउदो याममा धुलो माटो हुने भएकाले र चिसो अत्याधिक हुने भएकाले पनि रुघा खोकीका बिरामीको संख्या उल्लेखनिए भएको स्वास्थयकर्मीहरुको भनाई रहेको छ । स्वास्थ्यकर्मीका अनुसार कार्तिक महिनामा यस क्षेत्रमा कामको चटारो हुने भएकाले नागरीकहरुले आफ्नो कामलाई मात्र हेरी सरसफाईलाई ध्यान नदिएको हुनोले पनि बिरामीको संखया बढेको बताएका छन ।

बिरामीको अबस्था हेर्दा कोराना संग मिल्दो जुल्दो भएको पाइएको छ भने एन्टिजेन्ट बिधीबाट परिक्षण गार्दा रिपोट नेगेटिभ देखिने गरेको पाईएको छ । यता बिरामीहरुको अबस्थालाई हेर्दा अन्य नागरिकहरु पनि डराउने गरेका छन । बिरामीहरु स्वास्थ्य संस्थाको औषधी खाएको पनि लामो समय सम्म निको नभएको गुनासो आउन थालेको छ ।

अदानचुलीका अन्य वडामा भन्दा १ को कल्खे र ४ नम्बर वडाका बिरामीकहरुको संख्या धेरै देखिएको श्रीनगर स्वास्थ्य चौकीका चिकित्सक हरुले बताएका छन ।

यस्तै अन्य भन्दा पनि बालबालिकामा बिरामी संख्या अत्याधिक देखिएक छ ।

प्रकाशित मितिः     २५ कार्तिक २०७८, बिहीबार १८:१२  |