२८ कार्तिक हुम्ला । नेकपा (एमाले) हुम्लाले १० औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गरेको छ ।
जिल्लाको सदरमुकाम सिमकोटमा दुईदिनसम्म बसेको बैठकले महाधिबेसनका लागि ११ जनाको नाम सार्वजनिक गरेको हो ।
एमाले हुम्लाका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा खुल्ला तर्फ दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोरजङ तामाङ, सौमती ऐडी रुपा शाही रहेका छन् ।
त्यस्तै दलित तर्फबाट कालिबहादुर नेपाली, सुनमती दमाई महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिहरु ११ जनाको नाम आज सार्वजनिक गरिएको नेकपा एमाले हुम्लाले जानकारी दिएको छ ।
सर्वसहमतिबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम चयन भएको जानकारी प्राप्त भएको छ । एमाले महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि चयन भएका छन् । पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतः आउनेछन् । भौगोलिक क्षेत्र, जनवर्गीय सङ्गठनबाट निर्वाचित प्रतिनिधि आउनेछन् । हुम्लामा मनोनय नभएर सर्वसहमतिबाट प्रतिनिधि चयन गरिएको हो ।
एमाले प्रतिनिधि छनोटको व्यवस्था
केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारी समेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि हुने छन् तर सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार हुन नपाउने व्यवस्था गरेको छ ।
प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुन्छन् ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुनेछन् । त्यसैगरी सो संख्यामा ८ सयसम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने व्यवस्था एमालेले गरेको छ ।
देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना निर्वाचित हुनेछन् ।
भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधित्व हुने छ।