२८ कार्तिक हुम्ला । हुम्लाको अदानचुली १ को कल्खेमा परम्परागत पानी घट्ट स्थापना हुदा स्थानिय खुसी भएका छन ।
निरन्तर बगी रहने पानिको मुहान भएको अदानचुली १ को घम्क भन्ने ठाउमा गत १ गतेदेखी ३ गते सम्मको बेमौसमी अबिरल बर्षाका कारण मुहानमा पानिको बहाब उच्च भए पछि घट्टे खोलामा स्थानिय परम्परागत पानी घट्ट स्थापना गरिएको संञ्चालक जयराम दानीले जानकारी दिनुभएको छ ।
पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्न सधै २ घण्टाको उकालो अरालोमा ओहार दोहोर गरि गल्फगाड पुगि रहेका स्थानिय गाउ नजीकै घट्ट स्थापना हुदा मुहारमा खुसीको बहार बोकेका छन भने घट्ट स्थापना गर्न सुरुवाती गर्ने रग बहादुर दानीलाई धन्यवाद दिएका छन ।
सञ्चालकका अनुसार खोलामा पानि धेरै भए पनि परम्परागत पानी घट्ट बनाउन मुख्य उपोयोगी समान पात्थर बनाउने ढुगां नजिकै नपाउदा थोरै समस्या भएको बताउनु भएको छ भने सोही घट्टलाई केही दिन भित्रैमा आधुनिक सैलीको रुपमा संञ्चालन गरिने पनि बताउनु भएको छ ।
यता स्थानीयले पिठो पिस्न अब कतै टाढा जान पर्ने बाध्यता बाट छुटकरा पाएको बताएका छन । घट्ट स्थापना भएके दिमा मात्रै धेरै किलो पिठो पिसेको पनि बताउनु भएको छ ।