हुुम्लामा पाग बनाउने परमपरा हराउदै


२९ कार्तिक हुम्ला । पछिल्लो समय हुुम्लामा पाग बनाउने परमपरा हराउदै गएको छ ।

पुर्खा देखिनै स्थानिय तम्बाखु संग मिसाउन आवाश्यक पर्ने रस (पाग) बनाउने चलन हराउदै गएको छ । बर्षको कार्तिक देखी पुस महिना सम्म पाग बनाइने हुम्लामा यो समय एक दुई स्थानमा मात्र पाग बनाउने मानिस फेला परेका छन ।

हिमाली क्षेत्रमा नास्पती जस्तो आकार भएको (मेहेल)को रस बाट निकालीएको पाग तम्बाखु बनाउनका लागी अति उपायेगी भएको बताईएको छ भने पछिल्लो समय स्थानिय तम्बाखु खाने मानिसको संख्या घट्दै गएका छन । तम्बाखुलाई मन नपराई बजारबाट आउने चुरोट खानेको संख्या बृद्धी हुन थाले पछि तम्बाखु बनाउने पागको महत्व नभएको पाइएको छ ।

नास्पती जस्तो आकार भएको ग्रामिण भेकको नाम (मेहेल) को रस निकालेर लामो समय सम्म तामाको भाडो पकाएर थकाइएको रस लाई पाग भन्ने गरिएको पुर्खाहरुले बताएका छन ।

एक किसमिले बुझ्ने हो भने स्वास्थ्यका लागि हानीकारक बस्तुको लामो हनु राम्रो भएको स्वास्थ्य कर्मीहरुले बताएका छन ।

प्रकाशित मितिः     २९ कार्तिक २०७८, सोमबार १६:३५  |