मुगुको गमगडीमा भिषण आगलागी,२२ घर जलेर नष्ट,५० करोड बराबर धनजनको क्षेती


मोहनसिंह बुढा हुम्ला । मगु जिल्लाको सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी भएको जानकारी प्राप्त भएको छ । आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । गए सोमबार राती करीब साढे १२ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीकार्यलय मुगुले जनाएको छ।

आगलागी स्थानीय ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर सुरु भएको भन्ने बुझिन आएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्र बहादुर भट्टराईले जानकारी गराए । राती साढे १२ बजे आगलागी भएको जानकारी जिप्रकामा आएपछि तत्काल सुरक्षाकर्मीको टोली आगलागी नियन्त्रण्मा जुटेको उनले बताए । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहभागीता रहेको थियो । आगलागीमा परी १९ घर ३ वटा घुम्ती पसल जलेर खरानी भएका छन् भने ५० करोड बराबरको धनमाल, जिन्सी सामान, व्यापारीक सामान जलेर नष्ट भएको र राति भएका कारण थप विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कायालय मुगुले जनाएको छ ।

फोटो फिचर

प्रकाशित मितिः     ३० कार्तिक २०७८, मंगलवार ०८:०५  |