ढुवानीको सामान सहित मिनी ट्क दुर्घटना हुदा २ जनाको मृत्यु


बाजुरा २४ मंसिर । ढुवानीको सामान लोड सहित हुम्लाका लागी हिडेको मिनिट्रक कर्णाली करिडोर सडकमा बिहिबार विहान दुर्घटना छ । नेपाली कग्रेस अदानचुलीका सभापती समेत रहेका बिस्नु भण्डारीको मिनिट्रक दुर्घटना भएको हो । कालीकोटको जगन्नाथ गाउँपालिका–६ काप्णीमा रहेको गर्जेगाड भिरबाट आज बिहान मिनिट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके घर भएका ४२ वर्षीय ट्क चालक मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का सहचालक विपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।

नेपाल गञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक गर्जेगाडको भीरबाट करिब ५०० मिटर तल खसेको छ । गाडी चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको ठगुन्नाले बताएका छन ।

प्रकाशित मितिः     २४ मंसिर २०७८, शुक्रबार ०५:४३  |