(अपडेट) बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु । १० जना घाइते, शख्त खाइते भएका ७ जनालाई उद्धार


असोज २४ हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको केन्द्र नजिकै बोलेरो जिप दुर्घटना हुँदा जनाको मृत्यु भएको छ । सोही गाउँपालिकाको मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङ आउँदै गरेको उत्तः बोलेरो जिप गाउँपालिकाको केन्द्र नजिकै रहेको बेसी खोलाको गोरु ठेक्ना भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरीका कार्यालय हुम्लाका उपरिक्षक शंकर पोखरेलले बताउनु भयो ।

हुम्लाकै बहादुर लामाको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा चालक सहित १२ जना मध्ये आमाछोरा सहित ३ जनाको मृत्यु भएको गम्भिर घाईत भएका ७ जनालाई उपचारको लागि आजै नेपाली सेनाको हेलीकप्टर मार्फत सुर्खेत लगिएको बताउनु भयो । मृत्यु हुँने मध्ये २ जनाको घटना स्थलमै मृत्यु भएको हो भने एक जनाको स्वाथ्य चौकीमा लिदै गर्दा मृत्यु भएको स्वास्थ्य कर्मी हर्क बुढाले बताउनु भयो ।

मृत्यु हुँनेमा सोही गाउँपालिका वडा नम्बर ६ का स्थायी बासीन्दा ग्लोबल बैंक कालीकोटमा कार्यरत अन्दाजी २७ वर्षका मनविर बुढा र सोही गाउँपालीका चरीगाउँ माईती भएकी हुम्लाको सिमकोट गाउँपालिकाको स्याडा स्वास्थ्य चौकीमा कार्यरत अनमी अन्दाजी ३० वर्षिया बसन्ती बुढा उनको २ वर्षिया देवाङस बुढा रहेका छन् । उक्त जिप आज बिहान साढे १० बजेको समय एक्कासी अनियन्त्रीत भई दुर्घटनामा परेको हो ।

मृत्यु भएकी बसन्ती बुढा सिमकोट गाउँपालिका ८ स्याडामा विबाह गरी दशैको समयमा टिका थाप्न श्रीमान् र छोराछोरी सहित घर फर्किन लागेका थिए । उनका श्रीमान सिमकोट गाउँपालिकामा सचिबमा कार्यरत महेन्द्र रोकाया, अनुकी छोरी अनुपमा रोकाया र जार्कती रोकाया शख्त छन् । यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष जयबहादुर शिराका छोरा कैलाश शिरा र छोरी पार्वती शिरा पनि गम्भिर घाईते भएका छन् उनि दशैमा घरभेटघाटमा आई तल फर्किन लाग्दा दुर्घटनामा परेका हुँन् ।

यस्तै गम्भिर घाईते हुँनेमा जिप मालिक बहादुर लामा र सोही गाउँपालिकाकी बिमला बुढा रहेका छन् उनिहरु सातै जनालाई नेपाली सेनाको हेली कप्टर मार्फत अहिले प्रदेश अस्पताल कालागाउँमा लगिएको छ । उनिसँगै नर्सिङ स्टाफ बेलसरा बुढा र बहादुर लामाका भाई मदन लामालाई कुरुवा वा हेरचाहको रुपमा उक्त हेली कप्टरमा पठाईएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो । अन्य सामान्य घाईते भएका हंस लामा र दिपेन्द्र सिंहलाई मेल्छाम स्वासथ्य चौकीमा उपचार भैरहेको बताउनु भएको छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     २४ आश्विन २०८२, शुक्रबार १८:४८  |

2 Comments

Leave a Reply to Bryce3928 Cancel reply

Your email address will not be published. Required fields are marked *