जिल्लास्तरीय खुल्ला ब्याटमिन्टनको उपाधि छवाङको टिमलाई ।


रेजिना मल्टी मिडियोद्धारा सञ्चालित कर्णाली सेरोफेरा डटकमको आयोजनामा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

पुष १६ गते (बुधबार) विहान ८ः०० वजेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता पुष २० गते एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोतिा सञ्चालन गरिएको थियो ।

कर्णाली सेरोफेरो डटकमले पुस १४ र १५ गते सिङ्गल र डवलका टिमहरू दर्ता गरि पुस १६ गतेबाट प्रतियोगिता सुरू गरिएको उक्त मिडियोका प्रबन्ध निर्देशक नन्द सिंहले बताउनुभयो ।

प्रबन्ध निर्देशक सिंहका अनुसार डबल खेल भिड्नका लागि १५ वटा टिमले टिम दर्ता गराएका थिए भने सिङ्गल खेलका लागि आठवटा टिम सामेल भएको सिंहले बताउनुभयो ।

उक्त खेल विहानी र वेलुकी सिफ्टमा सञ्चालन हुँदै आएका थियो । पुष २० गते अपरान्ह ४ः०० वजे डबल र सिङ्गलको फाइनले खेल सम्पन्न गरिएको थियो ।

डबलको फाइनल खेलमा छवाङ लामा, राजेन्द्र परियार भर्शेष असोक बोहरा, लोकराज न्यौपाने विच प्रतिस्प्रधाका साथ छवाङ लामा र राजेन्द्र परियारले जित हात पारेका थिए । भने असोक बोहरा र लोकराज न्यौपानेको टिम प्राति हुँदै दास्रो हुन सफल भएका हुन् ।

त्यसै गरि प्रेम भण्डारी र धन्जित भण्डारीको टिम तेस्रो र रामे भण्डारी र आङजिन लामाको टिम सान्तोना भएको आयोजक टोलिले जनाएको छ ।

त्यस्तै सिङ्गल तर्फको खेलमा हिमाले लामा पहिलो र धिरिन रावत दोस्रो भएका थिए । जसमा डबल खेलको प्रथम हुने टिमलाई कप, मेडल, प्रमाणपत्र र २० हजार रुपियाँ नगद, द्धितिय हुने टिमलाई मेडल, प्रमाणपत्र र १४ हजार रुपियाँ नगद, तृतिय हुने टिमलाई मेडल, प्रमाणपत्र र ८ हजार रुपियाँ नगद र सान्तोना हुने टिमलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

भने सिङ्गल तर्फको प्रथमलाई कप, मेडल, प्रमाणपत्र र ५ हजार रुपियाँ नगद र द्धितिय हुनेलाई मेडल, प्रमाणपत्र र ३ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै खेल सञ्चालनदेखि समापनसम्म उत्कृष्ट खेलाडीका रुपमा हिमाल लामा र अनुशासित तर्फ दिलानन्द जोसी पुरस्कृत भएका हुन् ।

पुरस्कृत सम्पुर्ण खेलाडीहरूलाई कर्णाली सेरोफेरो डटकमका प्रबन्ध सम्पादक नन्द सिंह, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी लगायतका अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।

उक्त आयोजनाले आगामी दिनमा हुम्ला जिल्लाका खेलाडीहरू उत्पादनमा महत्वपुर्ण भूमिका खेलेको अतिथिहरूलको भनाई थियो । कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले प्रतियोगिता निश्पक्ष, धादली रहितका साथ सञ्चालन भएकोले खुसी व्यक्त गर्नु भएको थियो ।

खेल सञ्चालनका लागि सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य सेवा कार्यालय, खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड, मालपोत कार्यालय, पुर्वधार विकास कार्यालय, हिल्सा सिमकोट सडक योजना, खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, पशु अस्पताल तथा भेटेनरी, शिक्षा विकास तथा समन्वय इकाई, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,डिभिजन बन कार्यालय, नेपाल ऐयरलाइन्स, सिता ऐयर र समिट ऐयरलाइन्सले सहयोग गरेका थिए ।

त्यस्तै कर्णाली सेरोफेरो हुम्लाले आयोजना गरेको प्रतियोगितामा मिडिया पर्टनरका रुपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, रेडियो कैलाश, रेडियो कर्णाली, रेडीयो श्रीनगर, रेडियो मानसरोवर, मानसरोबर टाइम्स पत्रिका, सिमकोट टाइम्स पत्रिका, नेपालचेक अनलाइन, नेपालबोट अनलाइन, फिल्को मिसन अनलाइन, सुप्रभापोस्ट अनलाईन, उज्यालो प्रेस अनलाइन, कचहरी डटकम लगायतका सञ्चार माध्यम रहेका थिए ।

प्रकाशित मितिः     २१ पुष २०८२, सोमबार १९:०३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *