क्यान्सर पिडित जैसीलाई ताँजाकोट गाउँपालिकाले ५० हजार सहयोग गर्ने ।


क्यान्सर पिडित सुन्तला जैसीलाई ताँजाकोट गाउँपालिकाले ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।

हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका वडा नम्बर ४ गल्लाबाडाका लालकेश जैसीकी धर्मपत्नी सुन्तला जैसी यतिबेला क्यान्सर रोगबाट ग्रसित भई चितवन स्थीत वि पि कोईराला क्यान्सर अस्पतालमा उपचार गराईरहनु भएको उनका श्रीमान लालकेश जैसीले बताउनु भयो ।

उनको घरको आर्थिक स्थीती कमजोर भई उपचारमा समेत कठिन भएकाले यतिबेला सामाजीक सञ्जाल मार्फतपनि सहयोगको अपिल गरी रहेको अवस्थामा ताँजाकोट गाउँपालिकाले तत्कालको लागि ५० हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको ताँजाकोट गाउँपालिका स्वास्थ्य शाँखा प्रमुख समेत रहेका स्थानीय धनराज ढकालले बताउनु भयो ।

क्यान्सर पिडित जैसीको घाँटीमा क्यान्सर भएको छ । उनलाई खान पनि समेत समस्या भएको उनका श्रीमान् जैसीले बताउनु भयो । उनलाई उपचारको लागि आज गाउँ कार्यपालिकाले ५० हजार सहयोग गर्ने निर्णय भएको प्रवक्ता मंगल नेपालीले बताउनु भयो ।

यो सँगै आजै बसेको गाउँ कार्यपालिकाको बैठकले केहि गतवर्ष दायित्व सृजना गरेका योजनाहरुको प्राविधिक मुल्याङकनको आधारमा भुक्तानी दिने लगायतका निर्णय भएको प्रवक्त नेपालीले बताउनु भयो । क्यान्सर पिडित जैसीका २ छोरा १ छोरी रहेका छन् ।

प्रकाशित मितिः     २३ पुष २०८२, बुधबार १७:२४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *