हर्क साम्पाङले फेरि मागे प्रधानमन्त्री बालेनको राजीनामा


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को राजीनामा मागेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले साहको राजीनामा मागेका हुन् ।

जनतालाई आन्दोलित बनाइराख्ने व्यक्ति अभिभावक बन्न नसक्ने भन्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री साहलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

प्रकाशित मितिः     १९ बैशाख २०८३, शनिबार १५:५५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *