हुम्ला खार्पुनाथ गाउँपालिका ४ का वडा सदस्य ६३ वर्षीया मक्क बहादुर रोकाया भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
शनिबार वडा सदस्य रोकायाकै घरमा लुकाएर राखेको उक्त भरुवा बन्दुक प्रहरीले फेला पारेपछि बन्दुक सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक संकर खड्काले बताउनु भयो ।
रोकायाको घरमा भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान, ढुङगाको गोली ७ थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रङको बारुद ११० ग्राम, शुद्ध तौल ९० ग्राम रहेको स्टेन लस स्टिल नाम लेखेको चक्कु १ थान लुकाई छिपाई राखेको अबस्थमा फेला पारेको बताउनु भयो ।
भरुवा बन्दुक सहित पक्राउ परेका वडा सदस्य (जनप्रतिनिधि) लाई शनिबार नै गाउँ बाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सिमकोटमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खड्काको भनाइ छ ।
