बद्री पाण्डेसँग पराजित शाहीले जनकराज गिरीलाई हराउँदै बने कांग्रेस सहमहामन्त्री


नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पार्टीको सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा भारी मतान्तरसहित विजयी हुनुभएको छ।

१४औँ महाधिवेशनमा बाजुराका बद्री पाण्डेसँग पराजित हुनुभएका शाहीले यसपटक बाजुराकै जनकराज गिरीलाई २ हजार ५३६ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो। उनिसँगै ३ जनालाइ उम्मेदवारलाई पराजित गर्दै शाही पहिलोपटक सहमहामन्त्रीमा विजयी हुनु भएको हो ।

मतपरिणामअनुसार शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दा गिरीले १ हजार ३७० मत पाउनुभएको छ। शाहीले कुल मतको ५८.३ प्रतिशत प्राप्त गर्नुभएको छ।

शाहीको विजयलाई अपर कर्णालीबाट नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी तहमा प्रतिनिधित्व स्थापित गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उहाँको निर्वाचितसँगै हुम्लासहित समग्र कर्णालीको आवाज पार्टीको केन्द्रीय नेतृत्व तहमा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः     २७ आश्विन २०८३, मंगलवार १२:०४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *