हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ को जैर स्थित छिँडि नात्ता गाउँका चम्पा बुढाका छोरा १३ बर्षिय बालक राजु बुढा झुण्डिएको अबस्थामा मृत फेला परेका छन ।
बिहिबार परान्ह करिब पौने ४ बजेको समयमा आफ्नै घरको कोठामा भारी बोक्ने नाम्लोको पासो लगाइ झुन्डिएको अबस्थामा फेला परेको अस्थाइ प्रहरी चौकी बालुकुनाका प्रहरी सहायक निरिक्षक जंग बहादुर थापाले बताउनु भयो ।
उनका अनुसार घटना के कसरी भएको हो खुल्न नआएकोले अनुशन्धानको लागि अस्थाइ प्रहरी चौकि बालुकुना बाट प्रहरी सहायक निरिक्षक जंग बहादुर थापाको कमाण्डमा ४ जनाको टोली खटिएर उक्त स्थानमा गएको छ । बालुकुना प्रहरी चौकीबाट सो स्थानमा प्रहरी टोलि पुग्न करिब ४ घण्टा पैदल हिडेर पुगिन्छ ।
