नेप्काका बाढीपीडितलाई चङ्खेली आपतविपत कोषद्वारा राहत रकम सहयोग
श्रीनगर । चङ्खेली गाउँपालिका वडा नं. ५ नेप्कामा गत जेठ ५ गते आएको अविरल वर्षासँगैको बाढीबाट प्रभावित परिवारहरूलाई चङ्खेली आपतविपत कोषमार्फत राहत सहयोग प्रदान गरिएको छ ।
बाढीका कारण स्थानीयवासीका घर, जग्गा, खेतीयोग्य जमिन तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो । राहत रकम वडा नं. ५ का वडा अध्यक्ष हर्कधन तामाङ लाई पाढि पिडित









