राष्ट्रियसभा सदस्यको शपथ २१ गते, शपथको भाषा ३ दिनअघि बुझाउनु पर्ने
फागुन १३ काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय पोशाक वा आ(आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ । साथै आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने सचिवालयले जारी गरे









