सार्वजनिक भयो दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’
फागुन ९ काठमाडौं– पब्लिकेसन नेपालयले २०२० को आफ्नो पहिलो पुस्तक सार्वजनिक गरेको छ। यही क्रममा शुक्रबार बिहान नवोदित लेखक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको हो। पुस्तकलाई नेपालयको कालिकास्थानस्थित ‘आर’शालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा विमोचन गरेका हुन्।
साहित्यमा महिलाको स्थानको संक्षिप्त वर्णन गर्दै राजदूत पोल









