पाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाको अध्यक्षमा लालधन टमटा सर्बसम्मत भएका छन् । जिल्लाको मध्ये क्षेत्र सर्केगाडमा सम्पन्न सातौ जिल्ला अधिवेशनले लालधन टमटालाई सर्बसम्मत चयन गरेको हो ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ आज मे दिवस अर्थात १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ बुधबारबाट सुरु भएको अधिबेशन सम्पन्न भएको हो ।
उपाध्यक्षमा लक्ष्मि परियार, र बाँच्कन्ने नेपाली पनि सर्बसम्मत भएका छन । यसैगरी सचिवमा उब्जन बि.क कोषाध्यक्षमा अमनी कटुवाल, उप सचिव आईतेराम वि.क. र सुनमती दमाई सहित ३१ सदस्यीय मुक्त समाज हुम्ला जिल्ला कमिटी चयन गरीएको अध्यक्ष मण्डलका अध्यक्ष पर्वत सुनारले जानकारी दिनु भएको छ ।
नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाको सातौ जिल्ला अधिवेशनको नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य धन्ज्या परियार र नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सदस्य जसु परियारले उद्घाटन गर्नु भएको पनि बताउनु भएको छ ।
जिल्ला अधिवेशनमा पार्टी जिल्ला कमिटि उपाध्यक्ष प्रकाशबहादुर शाही, सचिब तिर्थराज बाेहोरा सहित जिल्ला कमिटिका सदस्यहरु र आस्थावान नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको छ ।