सुरक्षाकर्मी द्धारा घरेलु मधीरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट, प्रहरीले उदारणीय काम भएको भन्दै बृद्धबृद्धाहरु खुसी
युवराज भण्डारी
बैशाख २७ हुम्ला । गल्फागाड प्रहरी चौकी श्रीनगरले सोमबार ८ हजार भन्दा धेरै मुल्य बराबरको घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको छ ।
दिनहुँ मदिरा सेवनका कारण घटना हुँने अदानचुली गाउँपालिकाको मुख्य केन्द्र रहेको श्रीनगर बजार लगायत नजिकका गाउँहरुमा सर्च गरी घर घरमा राखीएको घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर बुढाले बताए ।









