अबिरल बर्षाका कारण हुम्लामा धानबाली देखी भौतीक संरचनामा लाखौको क्षेती ।


कार्तिक, २ मंगलबार, हुम्ला । आईतबार देखीको निरन्तर आएको वर्षाले हुम्लामा धानबाली देखी भौतीक संरचनामा लाखौको क्षेती गरेको छ । हमिाली जिल्ला हुम्लाका नागरिकहरुको बाली यती बेला खेत बारीमै रहेको हुन्छ । यस भन्दा अगाडी पनि बेमौसममा बर्षा हुदा बाली कुहिने हाकाी भन्ने चिन्तामा रहेका नागरिक हरुलाई यति बेलाको बर्षाले झन समस्या ल्याएको छ । अबिरल बर्षासाताकै कारण यस क्षेत्रको अदानचुली गाउपालीका बडा नम्बर १ को केल्खका दशरत महतारा,धनलाल भियाल र मान बहादुर महतार का गरि तिन वोटा घर भत्काएको छ ।

यस्तै अदानचुली २ को खलेसेरा बस्तिमा पटक पटक को बर्षाले पहिरो गई रहेको स्थानमा पुन पहिरो गएको छ । आज मात्र खलेसेरा बस्तिमा करिब ४० हलको जग्गामा लगाएको धानबाली,मकै,कोदो लागएत अन्य तरकारी जन्य खाद्यँन्न संगै जमिन बगाउदा उत्त बस्तिमा रहेका २० वोटा घर जोखीममा रहेको पुद्युकोट प्राबिका प्रअ लग बाहादुर बुढाले बताउनु भएको छ । उनका अनुसार ग तबर्ष पनि तिन चार वोटा घर बगाउदा कुनै पनि निकायको सहयोग नआएको बताउनु भएको छ । खलसेरा बस्तिमा रहेको ४० हल जग्गामा लगाएको अन्न बाली बगाउदा किसानको. लाखौको राजी रोटी गुमेको बताउनु भएको छ ।

अदानचुली २ कै कटुवाल बस्ति मुनी रहको आवत जावत गर्ने बाटो भत्किदा घरहरु जोखीममा परे पछि बस्तिनै जोखीममा परे पछि आफ्नै लामा देबताको जस्ताको माडँैमा बस्न बाध्य भएका छन ।

यता अदानचुली ३ मा रहेको हालै मात्र बनाएको महिला भवन समेत भत्काएको छ । उक्त भवनमा चन्दनाथ बहुउद्देस्यीय सहकारी सस्था बसेको थियो अहिले त्यहाँ भएका सामाग्रीहरु अनेत्र वसार्ने काम भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका ईन्चार्ज कृष्ण बहादुर बुढाले जानकारी दिनु भएको छ ।

यस्तै बर्षाकै कारण अदानचुली ४ मा रहेको लौठीको पुरै गाउ पहिरोको जोखीममा रहेको छ । माथि बाट सडक काटेका कारण जोखीमा परेको आशंका गरिएको छ । बस्तिनै जोखीमामा रहुनुको कारण केही ब्यात्तीको दादागिरीले भएको स्थानिय जयमनी जैसिले बताउनु भयो । उहाले भने अनुसार गाउ माथिबाट सडक कटाउन लागाउने ब्यात्तीले जिम्मा लिनु पर्ने बताउनु भएको छ । लौठीको गाउ नजिकै रहेको ज्ञानोदय माबि समेत जोखीममा परेको छ । माथिबाट पहिरो बगी रहेको स्थानीय दिने पाण्डेले बताउनु भयो । लौठी जाने सडक खण्डको अँदारीखोलामा पुर्णरुपमा अबरुद्ध भए पछि श्रीनगर प्रहरी चौकीको टोलीले म्रमत गरे पछि मानिसहरुलाई आवत जावत गर्ने भएको बताउँनु भएका छ यो सँगै जिल्लाका बिभिन्न ठाउँमा क्षेती गरको छ ।

यता अदानचुली ५ को बारीगाउको गाउ पनि जोखीममा रहेको सिंह बोहराले बताउनु भएको छ । उनका अनुसार गाउ भन्दा माथि चौर भन्ने ठाउ बाट पहिरो खसिरहेको र केही समयमा गाउमा आने अबस्था भए पछि पाल टागेर ब्याबस्थित ठाउमा बसेको बताउनु भएको छ ।

उता सर्केगाड गाउपालीका वडा नम्बर ४ अन्त्रगत बराईमा ११ घरहरुमा क्षेती गरेको छ । अन्य घरहरु देखी खेती बालीमा पनि पहिरो खस्ने सम्भापना रहेको स्थानियले बताएका छन ।

 

मौसम पुर्व अनुमान महाशाखाका अनुसार अझै ति दिन सम्म बर्षाको सम्भावना रहेको छ । ३ दिनको बर्षाले हिमाली जिल्लमा पहिरो दखी तहस नहस बनाएको छ । ५ दिनको पानिले मानबिय जिवन देखी चौपाय बस्तुलाई समेत कष्टगर हुने स्थानियले बताएका छन । यस क्षत्रका कृषकहरुले खेतबारी बाट ल्याएको अन्न बाली घरको छतहरुमा राखेका थिए तर बर्षाले छतमा राखे अन्न बाली समेत बगाएको छ ।

यस्तो अबस्थामा न कुनै निकाय अनुगमन गर्छ नत कुनै निकायको ध्यान आर्कशण नै रहेको छ सम्बन्धीत निकाएको लापरवाहीका कारण सोझा साझा जनतालाई सबै कुरामा मार पर्ने अबस्य दखिएको छ ।

प्रकाशित मितिः     २ कार्तिक २०७८, मंगलवार २०:३३  |