हुम्लाको लिमीमा वर्षासँगको बाढीले पुल बगायोः आवात जावतमा समस्या


जिल्लाको नाम्खा गाउँपालिका ६ को लिमी स्थित ति गाउँमा फेरि बाढीले गाउँ जाने पुल बगाएपछि स्थानीयलाई आवत जावतमा समस्इा भएको छ । वर्षासँगैको बाढीले उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ तील गाउँमा आएको बाढीले पुल खोलामा लगाएको पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या पारेको छ ।

हिजो (बिहीबार) बेलुका निरन्तर परेको वषाृपछि माथिबाट बग्दै आएको लेदो सहितको बाढीले पुल र खोलाको छेउमा खोला कटान नियन्त्रणका लागि लगाइएको ग्याविन बगाएको नाम्खा ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । लिमी क्षेत्रमा वर्षा भएपछि तील गाउँको तिलजुङ खोलामा पानी नपरे पनि अचानक बाढी उर्लिएर आएपछि पुल र किनारमा लगाएको ग्याविन वगाएको छ ।

सो स्थानमा गतवर्ष असारमा पनि हिमताल पुटेर बाढी आएको थियो । गतवर्ष पहिरो गएकै स्थानमा यस पटक पनि बाढी आएको हो । वडा ध्यक्ष तामाङका अनुसार गएको चार दिन लगातार पानी पर्ने र रोकिने गरेको थियो । बाढी आउने समयमा भने पानी परेको थिएन । वाढी आएपछि स्थानीयलाई गाउँबाट गुम्वामा सारिएको छ ।

प्रकाशित मितिः     १५ श्रावण २०८३, शुक्रबार १९:११  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *