छारेभिरको कर्णाली करिडोर अँझै खुलेन, एक हप्ता लाग्न सक्ने ।।


कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेपछि अवरुद्ध सडक तत्काल खुलाउन चुनौती देखिएको छ । एउटै क्षेत्रमा दुई ठाउँबाट भिर फुटेर पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला–ठूला ढुंगा थुप्रिएका छन् ।

पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुंगा सामान्य स्काभेटरले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार “ठूला ढुंगा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन । ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ,” ।
उहाँका अनुसार ब्लास्टिङका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब एक साता अझै लाग्न सक्ने देखिएको छ । यसको लागि आवश्यक वजेटको समेत व्यबस्थापन गुर्न पर्ने भएको छ यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको बताउनु भयो ।

पहिरोका कारण सडकबाट नियमित आवतजावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटो अर्थात सडकको भिरतर्फ डोरी लगाएर र्भयाङ बनाई यात्रुहरू वारपार गरिरहेका स्थानीय कमल बुढाले बताउनु भयो । ज्ञानोदय माध्यामिक विद्यालयका शिक्षक रिमिलाल बुढाले निकै कठिनपुर्ण यात्रा गरेर सिमकोट पुगेको बताउनु भयो ।

उहाँले भन्नु “भयो जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न सरोकारवाला निकासहरु सँग सम्पर्क गर्दा कुनै पनि खालको उपाय नलागेपछि हामीले अन्तिम विकल्पको रुपमा भर्याङ् लगाएर डोरीको सहायतमा भिर छिचोलेर सारै कष्टकर र जोखिम यात्रा झेलेर सदरमुकाम सिमकोट पुगेका हौँ” ।

सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्न् । आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भिरबाट आवतजावत नगर्न समेत आग्रह समेत गर्नु भयो । शुक्रबार दिउसो सडक अवरुद्ध भएपछि देखी सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरवर दर्शन गर्न जाने यात्रुहरु अलपत्र परेका छन् ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     ७ आश्विन २०८३, बुधबार ०७:५६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *