Author: रेडियो श्रीनगर

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’

   
जेष्ठ ३ काठमाडौं। धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी एक सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र ‘सिल’ गरिएको छ। त्यसैगरी, उनको स्थायी घर रहेको बाह्रबीसे नगरपालिका–९, राम्चेमा भने सुरक्षाकर्मी खटाइएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए। २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि उनी
पुरानै डिपिआरबाट रोकिएको सडक निर्माणका काम हुने

पुरानै डिपिआरबाट रोकिएको सडक निर्माणका काम हुने

   
दाने बोहरा जेष्ठ ३ हुम्ला । स्थनीयको विरोधले गएको तीन महिनादेखि विवादीत बनेको कर्णाली करिडोर निर्माणलाई बहुमतका आधारमा निर्माण कार्य अगाडी बढाइने भएको छ । शुक्रबार सिमकोट गाउँपालिकाको वडा नम्बर ४ र ६ को संयुक्त बसेको बैठकले पुरानै सिमकोट खार्पु खण्डको डिपिआर चोर बाटोबाट नै ल्याउने सहमति भएको वडा ४ का अध्यक्ष छविचन्द्र लामाले बताए । वडा पाँचका स्थानीयले विरोध गरेपछि तीन महिना देखि राष्ट्रिय गौर
लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान

लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान

   
जेष्ठ ३ हुम्ला । धेरै दिन देखी बिबादमा रहेको लौठी सेरा कालागाड सडक खण्डको बिबाद समाधान भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष महाँबिर छत्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गाउँकार्यपालिकाको बैठकले गरेको निर्णयलाई स्वीकार्दै यस आर्थिक वर्षको बजेटले लौठि सेरा कालागाड सडक खण्ड निमार्ण गरीने र आउँदो आर्थिक वर्षको वडा नम्बर ५ को बजेटले पाम्स हुँदै काँखे बारीगाउँ करगई सडक खण्ड निमार्या गर्ने निर्णय ग
क्वारेनटाईनमा बसेका सबै घर फिर्ता

क्वारेनटाईनमा बसेका सबै घर फिर्ता

   
जेष्ठ ३ हुम्ला । अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेको क्वारेनटाईनमा बसेका शनिबारबाट सबै घर फिर्ता भएका छन् । काठमाडौ,नेपालगञ्ज,सुर्खेत लगायत बाहिरी जिल्लाबाट आएका अदानचुली गाउँपालिकाका २ सय १४ जना र भारतबाट आएका २१ जना गरी २ सय ३५ जना सबै आजबाट घर पठाएको स्वास्थ्य संयोजक हंस महताराले बताए । बैशाख १८,१९, २० र २१ गते देखी क्वारेनटाईनमा बसेका सबै शनिबार देखी घर फिर्ता भए पछि आजबाट अदानचुलीका सबै
पहिलो पटक अदानचुलीको गाउँमा सडक पुग्यो, स्थानीय खुसी(अडियो सहित)

पहिलो पटक अदानचुलीको गाउँमा सडक पुग्यो, स्थानीय खुसी(अडियो सहित)

   
बैशाख ३१ हुम्ला । अदानचुली गाउँपालिकाको गोरपाली हुँदै ढकानीकुना गाउँमा सडक पुगेको छ । कर्णाली प्रदेश सरकार कृषि बिकास मन्त्रालयद्धारा ग्रामिण सडकको लागि १० लाख र बाँकी गाउँपालिकाले ब्यहोर्ने गरी २ किलो मिटर २ सय मिटर सडक सम्पन्न छ । गाउँमा सडक पुगे सँगै त्यहाँका नागरीकले सबै जनप्रतिनिधि सँगै स्थानिय राजनितिक दलका नेताहरुले बोलाएर स्वागत गरेका छन् जेसीबी द्धारा खनिएको नयाँ सडक अदानचुली गाउँपालि
भिरमा घाँस काट्ने क्रममा बुढा मृत्यु

भिरमा घाँस काट्ने क्रममा बुढा मृत्यु

   
बैशाख ३० हुम्ला । हुम्ला जिल्लाको अदानचुली ६ पाल्स लिस्याका माङ्ले बुढाको भिरबाट लडेर ज्यान गएको छ । बैशाख २९ गते दिउसो भैसीलाई घाँस काट्न घर नजिकैको भिरमा गएर घाँस काट्दै गरेको अबस्थामा लडेर घटना स्थलमै ज्यान गएको वडा नं ६ का वडा अध्यक्ष सुरजित्या टमटाले बताए । वडा अध्यक्ष टमटाका अनुसार सोमबार साँझ तिर घरमा नास्ता खाएर घरमा पालेको भैसीलाई घाँस काट्ने क्रममा लडेर मृत्यु भएको बताउनु भयो । ३५
सिमा मिचेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

सिमा मिचेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

   
बैशाख ३० हुम्ला । नेपालको भूमि लिपुलेक लिम्पीयाधुरा र कालापानी मिचेको बिरोधमा सोमबार हुम्लाकोसर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिकामा राज्यबाट प्रतिबन्धीत पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिएको मानसरवर जाने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि त्यसको बिरोधमा सोमबार हुम्लाका ति
छोरी हत्या गरेको आरोप लगाउदै दुई दिनदेखि सिमकोट घेराबन्दी, प्रहरीले हत्याको मुद्धा दर्ता गर्न मानेन्

छोरी हत्या गरेको आरोप लगाउदै दुई दिनदेखि सिमकोट घेराबन्दी, प्रहरीले हत्याको मुद्धा दर्ता गर्न मानेन्

   
दाने बोहरा बैशाख ३० हुम्ला । हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपलिका वडा ४ दुल्ली गाउँका २४ वर्षिय शान्ती थापाको रहश्यमय मृत्युभएपछि माइति तर्फका आफन्त सहित अन्य स्थानीय महिला विरोध प्रदशनमा उत्रिएका छन् । दुल्ली गाउँकी २४ वर्षीया थापालाई ३० वर्षीय श्रीमान जुनराज थापाले वैशाख २५ गते राती हत्या गरेको आरोपमा माइती पक्ष सहित अन्य स्थानीय महिला दुई दनि देखि विरोधमा उत्रीएका छन् । माइती पक
कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा १ सय २० पुग्यो

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा १ सय २० पुग्यो

   
बैशाख २९ काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ तथा बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छ
कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधि(अडियो सहित)

कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधि(अडियो सहित)

   
प्रस्तोता युवराज भण्डारी बैशाख २८ हुम्ला । कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधिको यस हप्तामा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामी र सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर शाही सँग गरीएको कुराकानी प्रशारण गरीएको छ ।