अपाङ्गता परिचय पत्र बितरण गर्ने आधार तयार,स्वास्थ्य परिक्षण सम्पन्न
माघ २२ हुम्ला । लामो समय पश्चात अदानचुली गाउँपालिकाले अपाङ्गता परिचय पत्र बितरण गर्ने आधार तयार गरेको छ ।
स्थानीय सरञ्चालन भएको ३ वर्ष पुरा भए पनि अपाङ्गता बितरण समितिले पुर्णता नपाएर र बिशेषज्ञा डाक्टरको अभाबमा बितरण कार्य रोकीएको थियो । कोभिड १९ बिरुद्धको खोप सञ्चालनमा आएका डाक्टर नबिन रोकायाको नेतृत्वमा आएको टोलीसँग गाउँपालिकाले समन्वय गरी गाउँपालिका भरीका अपाङ्गता भएका ब्यक्तिहरुको गरेको छ ।









