ताँजाकोटले २४ गते पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्ने ।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले यही बैशाख २४ गते पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्ने भएको छ ।
यसअघि गाउँपालिकाका सवै वडाहरु घोषित भई सकेकाले अव सिंगो गाउँपालिका घोषणा गर्न लागेको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकालले बताउनु भयो ।
स्वास्थ्य संस्थाहरुले सुरुमा जन्मेदेखि १५ महिना र सोह्र देखि ५९ महिनाका बालबालिकाहरुलाई सबै खोप लगाउने कार्य पुरा गरि वडा स्तरमा अनुगमन गर्ने क









