ओली र प्रचण्डको संवाद ठप्प : दूतहरुको बालुवाटार र खुमलटार ओहोरदोहोर जारी
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कात्तिक २५ यता संवाद ठप्प छ।
कात्तिक २८, मंसिर ३, १३ र १६ गतेको सचिवालय बैठकमा अध्यक्षबीच ‘छेडछाड’ र व्यङ्ग्य वाण मात्र चल्यो। प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ। उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप-प









