हुम्लामा पनि डेङ्गुका बिरामी फेला
हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पताल सिमकोटमा एक जना बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनु भयो ।
उहाँका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए र हाल अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ । परीक







