चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
हुम्ला । चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आइतबार गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वड








