अग्नी पीडितको बिचल्ली आठ घरधुरीलाई मात्र प्रदेश सरकारको त्रिपाल
हुम्ला । कार्तिक २९ गते रातिको भीषण आगलागीबाट मुगुको गमगढीका ८० परिवार विस्थापित भए । २१ घर जलेर नष्ट हुँदा ३५ करोड बढीको धनमाल क्षति भएको छ । जायजेथा सबै गुमाएका पीडित परिवारले अहिलेसम्म उचित राहत भने पाएका छैनन् ।
एक साता बितिसक्दा पनि उनीहरू बिचल्लीमै परेका हुन् । तीन वटै तहका सरकारले आफूहरूलाई आवश्यक राहत नदिएको अग्नीपीडितको गुनासो छ ।
सरकारी पक्षबाट आवश्यक सहयोग नभएपछि पीडित परिवार भोकै खुल









