अशक्त ब्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान
हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–१, तङ्गिनका शारिरिक रुपले अशक्त छिरिङ सुन्डुप तामाङले ७५ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकता प्रमाणपत्र लिन नसक्ने तामाङलाई घरमा नै गएर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
जिल्लाको दुर्गम मानिएको यस क्षेत्रमा यातायातको सहज पहुँच नहुनु र सदर









