काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु, २ जना प्रहरीको नियन्त्रणमा
काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँका जोगविर बुढाका १४ वर्षिय छोरा कविन्द्र बुढाको मृत्यु भएको छ ।
जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ मा रहेको निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढा भेडा चराउन गएको बेला काठको मुढाले च्यापेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनु









