flash-news

६ दशकदेखि नसुकेको धारा सुक्न थालेपछि रामा गाउँमा खानेपानी संकट, १९० विद्यार्थीलाई ग्यालेनमा पानी बोकेर प्यास मेटाउनुपर्ने बाध्यता ।।

६ दशकदेखि नसुकेको धारा सुक्न थालेपछि रामा गाउँमा खानेपानी संकट, १९० विद्यार्थीलाई ग्यालेनमा पानी बोकेर प्यास मेटाउनुपर्ने बाध्यता ।।

   
ताँजाकोट गाउँपालिका–३ को रामा गाउँमा खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । ५५ घरधुरी रहेको गाउँमा पानीको एक मात्र भरपर्दो स्रोतका रूपमा रहेको धारा नै सुक्न थालेपछि स्थानीयवासी र विद्यालय दुवै प्रभावित भएका छन । दशकौँदेखि गाउँलेले यही धाराको पानी प्रयोग गर्दै आएका थिए । तर पछिल्ला वर्षहरूमा धारामा पानीको मात्रा घट्दै जाँदा बिहानैदेखि पानीको पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । स्
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (आवज सहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (आवज सहित)

   
हुम्ला र बाजुरा जिल्ला बीच भएमो सीमा स्वामित्वका विषयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संघर्ष गर्ने भएको छ । पार्टी एकिकरण पश्चात पहिलो पटक भएको एकिकरण भेलाले तिन वटा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाले आज सार्वजनिक गरेको कार्यक्रममा सैपाल कर्णालीलाई सीमा क्षेत्र मान्दै हुम्ला र बाजुराको सीमा निर्धारण गर्न राज्यलाई दवाव दिने, प्रदेशबट विनियोजित भएको विभिन्न योजनाहरुको भण्डाफोर अभिया
पाँच वर्षदेखि अलपत्र दोमुख पुलबारे युवाको दबाबपछि मन्त्री र सचिव सक्रिय, ठेकेदारमाथि कारबाही प्रक्रिया अघि बढाउने संकेत ।

पाँच वर्षदेखि अलपत्र दोमुख पुलबारे युवाको दबाबपछि मन्त्री र सचिव सक्रिय, ठेकेदारमाथि कारबाही प्रक्रिया अघि बढाउने संकेत ।

   
मुगु र हुम्ला जिल्लालाई जोड्ने कर्णाली नदीमाथिको बहुप्रतीक्षित दोमुख मोटरेबल पुल निर्माण कार्य पाँच वर्षदेखि अलपत्र परेपछि भ्रष्टाचारविरुद्ध जरा अभियान का युवाहरूले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री तथा मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अभियानका संयोजक आशिष देवकोटाको नेतृत्वमा बुझाइएको पत्रमा पाँच वर्षसम्म पनि निर्माण कार्य सम्पन्न हुन नसकेको, पटक पटक
ताँजकोट गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।

ताँजकोट गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।

   
हुम्लाको ताँजकोट गाउँपालिकाले लगातार तीन दिनको सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ । आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढेकाले बिदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताउनु भयो । उहाँका अनुसार आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक बिदासहित असार १५ गते सोमबार कर्णाली प्रदेश सरकारले रा
हुम्लाका ७ वटैै स्थानीय तहले प्रस्तुत गरे बजेट । हुम्लाका सात गाउँपालिकाको तीन अर्ब १९ करोड बजेट

हुम्लाका ७ वटैै स्थानीय तहले प्रस्तुत गरे बजेट । हुम्लाका सात गाउँपालिकाको तीन अर्ब १९ करोड बजेट

   
हुम्लाका ७ वटैै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्ष २०८३।०८४ का लागि ७ वटै स्थानीय तहले बजेट ल्याएका हुन् । ७ वटा गाउँपालिका रहेको हुम्ला जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन् । सदरमुकाममा रहेको सिमकोटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै आगामी आर्थिक वर्षका लागि ६४ करोड ९५ लाख २८ हजार रुपियाँको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष विजय भण्डारीक
अदानचुलीले गर्यो ३८ करोड बढिको बजेट सार्वजनिक(अडियो सहित)

अदानचुलीले गर्यो ३८ करोड बढिको बजेट सार्वजनिक(अडियो सहित)

   
अदानचुली गाउँपालिकाले पनि बुधबार निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दिनभर बसेको गाउँ कार्यपालिकाको बैठकले साँझ अबेर तिर गाउँसभा गरी निति कार्यक्रम तथा बजेट पनि विनियोजन गरीएको गाउँसभाका सचिब समेत रहेका प्रमुख प्रशासकिय अधिकृत चन्दविर शाहीले बताउनु भयो । उहाँका अनुसार गाउँसभाको सुरुमै गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले गाउँपालिकाले आगामि आर्थिक वर्षमा के कस्ता नितिहरु अवलम्बन गरीनेछ भ
सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

   
‎हुम्ला - सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५४ करोड २७ लाख ९४ हजार ९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष देबकी तिमिल्सिना रोकायाले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई पूर्वाधार विकास, सुशासन प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा जनतामुखी सेवा प्रवाह सुदृढीकरणको वर्षका रूपमा अघि बढाइने बताइन्। ‎ ‎प्रस्तुत बजेटअनुसार गाउँपालिकाले प
चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

   
हुम्ला । ‎चङ्खेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २९ लाख २० हजार १९० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र पिप्लाङ्गमा बुधबार सम्पन्न १६औँ गाउँसभाबाट उक्त बजेट ल्याएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ २३ करोड ९० लाख २७ हजार १ सय १० रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १८ करोड ३८ लाख ९३ हजार ८० रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षम
खार्पुनाथ ल्यायो ४९ करोड ९५ लाख रुपियाँको वजेट, अन्य ६ स्थानीय तहले भोली ल्याउदै ।

खार्पुनाथ ल्यायो ४९ करोड ९५ लाख रुपियाँको वजेट, अन्य ६ स्थानीय तहले भोली ल्याउदै ।

   
हुम्लाको खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट आगामी आर्थिक वर्षका लागि ४९ करोढ ९५ लाख ५७ हजार २८८ रुपियाँको निति तथा कार्यक्रम सहित बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंहले बताउनु भयो । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरेपश्चात बसेको गाउँसभाले पूँजीगततर्फ २१ करोड ९८ लाख रुपियाँ त
उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित ।

उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित ।

   
उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित भएका छन् हुम्लाको ताँजाकोट गाउँपालिकाले गाउँपालिका स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत तिन जना उत्कृष्ट कृषकलाई प्रदान गरेको छ । विगत देखी चालु आर्थिक वर्ष सम्म गाउँपालिकाभरीका कृषकहरु मध्ये उत्कृष्ट कृषकलाई गाउँपालिकाले नगद पुरस्कार हस्तान्त्रण गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषक पुरस्कार कार्यविधि