राजनीति

एमसीसीबारे नेकपा कार्यदलले प्रतिवेदन बुझायो

एमसीसीबारे नेकपा कार्यदलले प्रतिवेदन बुझायो

   
फागुन ९ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले शुक्रबार प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो । सत्ता
बारको पार्षदमा रामबाबु बिसी  बिजयी

बारको पार्षदमा रामबाबु बिसी बिजयी

   
२५, माघ सुर्खेत । नेपाल बार काउन्सिलको पार्षद निर्वाचनमा कर्णाली प्रदेशबाट अधिवक्ता रामबाबु बिसी बिजयी भएका छन् । बृहत प्रगतिशील एवम् समाबेशी समुहका साझा उम्मेदवार अधिवक्ता रामबाबु बि.सी ७६ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि दमन बमको भने २७ मत खसेको थियो । पार्षदका लागि जम्मा १०३ मत खसेको थियो ।
प्रदेश सभालाई ‘कचहरी’ नबनाइयोस्

प्रदेश सभालाई ‘कचहरी’ नबनाइयोस्

   
नवराज महतारा २५ माघ सुर्खेत । कर्णाली प्रदेशलाई गाउँको कचहरीमा रुपान्तरण नगर्न प्रदेश सरकारलाई सांसदहरुले सचेत गराएका छन् । हिउँदे अधिवेशनका रुपमा शुक्रबार शुरु भएको प्रदेश सभाको पाँचौं बैठकलाई दलगत सम्वोधन गर्ने क्रममा प्रदेश सभा सांसदहरूले दुई वर्षसम्म सञ्चालन भएका सरकारका गतिविधिले कर्णालीका नागरिकलाई संघीयताप्रति नै वितृष्णा पैदा गराएको आरोप लगाउँदै प्रदेश सरकारको तीब्र आलोचना गरेका छन् । वि
काँग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन (विज्ञप्तिसहित)

काँग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन (विज्ञप्तिसहित)

   
२४ माघ काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ। संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो। आरोपमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा माघ २२ गते म
राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप

राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप

   
माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले ह्वीप जारी गरेको छ। सत्तारूढढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्वाचित गर्न अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकपछि अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले विज्
एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

   
४ माघ । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको छ । तर अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तव
पुनर्निर्माणको कार्यप्रगति सन्तोषजनक प्रधानमन्त्री

पुनर्निर्माणको कार्यप्रगति सन्तोषजनक प्रधानमन्त्री

   
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कार्यप्रगति सन्तोषजनक भएको बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को बैठकमा रानीपोखरी, धरहरा लगायतमा भइरहेको कामबारे सुनेपछि कार्यप्रगति सन्तोषजनक भएको बताएका हुन् । प्राधिकरणका कार्यकारी अधिकृत -सीईओ_ सुशील ज्ञवालीले निजी आवास निर्माण ६२ प्रतिशत सम्पन्न भएको बताए । वैशाखसम्म रानीपोखरी तयार हुने र धरहरा पुनर
सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

   
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्री ढकाललाई कानून तथा संसदीय मामिला र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थप गरेकी हुन् । गत पुस
नेकपा सचिवालयमा ‘एमसीसी’को विपक्षमा ‘दुई तिहाई’

नेकपा सचिवालयमा ‘एमसीसी’को विपक्षमा ‘दुई तिहाई’

   
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्वीकार्ने या नस्वीकार्ने भन्ने बहस जारी छ । पुस पहिलो साता सकिएको नेकपाको स्थायी समितिमा यसबारे व्यापक बहस भएपछि सुझबुझका साथ निर्णय गर्ने अधिकार हाईकमाण्ड अर्थात् सचिवालयलाई दिइएको थियो । तर, स्थायी समितिले जिम्मा दिएको १५ दिन बित्दा समेत यसबारेमा नेकपा सचिवालयमा ठोस छलफल हुन स
अनेरास्ववियूको भागबन्डा टुंगियो, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)

अनेरास्ववियूको भागबन्डा टुंगियो, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)

   
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ । लामो अन्यौलता अन्त्य गर्दै अनेरास्ववियू) ले ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हाे । बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट