Author: रेडियो श्रीनगर

नाम्खा पुगे सामाजिक विकासमन्त्री मल्ल, स्वास्थ्य, शिक्षा र पूर्वाधारका समस्या बारे जानकारी

नाम्खा पुगे सामाजिक विकासमन्त्री मल्ल, स्वास्थ्य, शिक्षा र पूर्वाधारका समस्या बारे जानकारी

   
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीसँग भेटघाट गर्नुका साथै गाउँपालिकामा सञ्चालित विकास निर्माण, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवाको अवस्थाबारे जानकारी लिनुभएको छ । नाम्खा गाउँपालिका पुगेका मन्त्री मल्ल नेतृत्वको टोली
हुम्लामा पनि बडादशैं सुरु, घरघरमा घटस्थापना गरी जमरा राख्दै ।

हुम्लामा पनि बडादशैं सुरु, घरघरमा घटस्थापना गरी जमरा राख्दै ।

   
नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा हुम्लासहित देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राख्ने तयारी गरीरहेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको साइत निर्धारण गरिएको थियो । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन
अदानचुली गाउँपालिकाद्वारा आयोजित बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अदानचुली गाउँपालिकाद्वारा आयोजित बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

   
अदानचुली गाउँपालिकाले बडादसैँ २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप महताराको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरीएको गाउँपालिकाका जिन्सीशाँखा प्रमुख हंस महताराले बताउनु
हुम्लामा जडिबुटी संकलन गर्न गएका ३२ वर्षीय बोहराको भिरबाट लडेर मृत्यु ।

हुम्लामा जडिबुटी संकलन गर्न गएका ३२ वर्षीय बोहराको भिरबाट लडेर मृत्यु ।

   
हुम्लामा जडिबुटी संकलन गर्न वनमा गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँको पेङफेकका अन्दाजी ३२ वर्षीय रुपसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको निजका आफन्त जमन बोहोराले बताउनु भयो । उहाँका अनुसार शनिबार दिउँसो गाउँबाट करिब चार घण्टाको पैदल दूरीमा रहेको प्याल्या वनमा जडिबुटी संकलन गर्न गएका बोहरा शनिबार रातिसम्म पनि बासस्थानमा नफर्किएपछि उनको खोजी गरिएको र आइतबार बिह
हुम्ला कांग्रेसको जिल्ला सभापतिमा सूर्यबहादुर शाही सर्वसम्मत, दुई पक्षका छुट्टाछुट्टै अधिवेशन ।

हुम्ला कांग्रेसको जिल्ला सभापतिमा सूर्यबहादुर शाही सर्वसम्मत, दुई पक्षका छुट्टाछुट्टै अधिवेशन ।

   
नेपाली कांग्रेस हुम्लाको जिल्ला सभापतिमा सूर्यबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । सर्केगाडमा आज सम्पन्न जिल्ला अधिवेशनले शाहीलाई सभापतिमा चयन गरेको हो । यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहनुभएका शाहीलाई अधिवेशनबाट पुनः जिल्ला सभापतिको जिम्मेवारी दिइएको हो । जिल्ला कार्यसमितिको उपसभापतिमा सर्केगाड गाउँपालिका–१ जैरका बुद्धि बम र सचिवमा सिमकोट गाउँपालिका–२ ठेहेका जीवन बोहोरा चयन हुनुभएको जिल्ला
तीन फिटसम्म हिउँ चिरेर हिल्सा जोडिँदै, नारा लेकमा जेसीबी लगाएर सडक खुलाउन थालियो

तीन फिटसम्म हिउँ चिरेर हिल्सा जोडिँदै, नारा लेकमा जेसीबी लगाएर सडक खुलाउन थालियो

   
हुम्लाको उत्तरी सीमा नाका हिल्सा जोड्ने सडक खुलाउन नारा लेकमा जमेको बाक्लो हिउँ पन्छाउन थालिएको छ । कर्णाली करिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकखण्डको यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब तीन फिटदेखि चार मिटरसम्म हिउँ जमेको भएपछि जेसीबी परिचालन गरी सडक खुलाउने काम सुरु गरिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार नाम्खा गाउँपालिका–५ स्थित समुद्री सतहदे
चाडपर्वमा सिमकोट बजार अनुगमन ः २६ पसलमा निरीक्षण, ६ हजार ८ सयभन्दा बढीका म्याद गुज्रिएका वस्तु नष्ट

चाडपर्वमा सिमकोट बजार अनुगमन ः २६ पसलमा निरीक्षण, ६ हजार ८ सयभन्दा बढीका म्याद गुज्रिएका वस्तु नष्ट

   
चाडपर्वलाई लक्षित गर्दै हुम्लाको सदरमुकाम सिमकोट बजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका छन् । सिमकोट गाउँपालिकाले दुई दिनसम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा २६ वटा खाद्यवस्तु तथा मासुजन्य पसलको निरीक्षण गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार अनुगमनको पहिलो दिन खाद्यवस्तु बिक्री गर्ने १३ वटा पसलमा निरीक्षण ग
चंखेलीमा सामुदायिक आवश्यक्ता पहिचान र वाल संरक्षणा कार्यशाला सम्पन्न

चंखेलीमा सामुदायिक आवश्यक्ता पहिचान र वाल संरक्षणा कार्यशाला सम्पन्न

   
सिमकोट । चंखेली गाउँपलिकामा समुदाय आवश्यकता पहिचान र वाल संरक्षा सम्बन्धी एक दिने अभिमूखिकरण कार्यशाला सम्पन्न भएको छ । पालिकाका उपाध्यक्ष प्रेमकला शाहीको अध्यक्ष्तामा गुड नेवर्श इन्टरनेशन नेपाल र किर्डाक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजनाको आयोजनामा उक्त कार्यक्रम पालिका केन्द्र पिप्लागंमा सम्पन्न भएको हो । पालिकाका पदाधिकारी, वडा अध्यक्ष, पािलकाका विभिन्न शाखाका प्रमुख विद्या
सर्केगाडका जनप्रतिनिधिका लागि एक दिने वाल संरक्षणा कार्यशाला

सर्केगाडका जनप्रतिनिधिका लागि एक दिने वाल संरक्षणा कार्यशाला

   
सर्केगाड गाउॅ पलिकाका पालिका पदाझिकारी र वडा अध्यक्षहकुका लागि एक दिने वाल संरक्षण कार्यशाला सम्पन्न भएको छ । गुड नेवर्श इन्टरनेशन नेपाल र किर्डाक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजनाको आयोजना गाउॅपालिकाको सभाकक्षमा सम्पन्न भएको किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले जानकारी दिनुभयो । गाउॅपालिकाका उपाध्यक्ष देवकी तिमिल्सीना, वडा नम्बर १ देखि ८ सम्मका वटा अध्यक्ष, पालिकाका शाखा प
हुम्लाबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका जीवनबहादुर शाही फेरि सहमहामन्त्रीको दौडमा ।

हुम्लाबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका जीवनबहादुर शाही फेरि सहमहामन्त्रीको दौडमा ।

   
नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन् । उहाँले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । यही क्लस्टरबाट जीवनबहादुर शाहीसहित मुगुका मीन भाम, बाजुराका जनकराज गिरी, डोल्पाका कर्णबहादुर बुढा र कालीकोटका नारायण पशाद भटराइ सहित ७ जना प्रतिस्पर्धामा छन् । हुम्लाको खार्