मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात
३ असार, काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ को शानदार सुरुवात गरेको छ ।
अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो ।
अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् ।
उनले खेलको १७औं, ६०








