ताँजाकोट आगलागी प्रकरणः दुई जना पुर्पक्षका लागि जेल चलान ।।
हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
गत भदौ ७ गते राति ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत पुर्वशाँखा प्रमुख धनर








