घटना

काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु, २ जना प्रहरीको नियन्त्रणमा

काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु, २ जना प्रहरीको नियन्त्रणमा

   
काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँका जोगविर बुढाका १४ वर्षिय छोरा कविन्द्र बुढाको मृत्यु भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ मा रहेको निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढा भेडा चराउन गएको बेला काठको मुढाले च्यापेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनु
तलब नपाएसम्म अदानचुली गाउँपालिकामा काम रोकेर खानेपानी सेवा बन्द गर्ने चेतावनी

तलब नपाएसम्म अदानचुली गाउँपालिकामा काम रोकेर खानेपानी सेवा बन्द गर्ने चेतावनी

   
श्रीनगर । हुम्लाकोे अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारी तथा खानेपानी चौकीदारहरूले लामो समयदेखि तलब नपाएको भन्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । उनीहरूले आफ्नो श्रमको उचित मूल्य नपाएको गुनासो गर्दै तत्काल समस्या समाधान गर्न माग गरेका हुन । खोनपानीका चौकीधार, प्रशासन शाखा र न्यायिक समितिका करार कर्मचारीले अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण राकायाको कार्यकक्षमा, प्रमुख प्रशासकिय
कर्णाली प्रदेश सभाको उच्च स्तरीय टोली हुम्लामा

कर्णाली प्रदेश सभाको उच्च स्तरीय टोली हुम्लामा

   
श्रीनगर । हुम्लाको भौगोलिक विकटता, पूर्वाधार अभाव तथा स्थानीय जनजीवनको वास्तविक अवस्था बुझ्न कर्णाली प्रदेश सरकारको उच्चस्तरीय टोली हुम्ला आइपुगेको छ । उच्चस्तरीय टोली आज हुम्लाको अदानचुली गाउँपालिकामा आइ पुगेको हो । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री गमता बिक तथा प्रदेश सांसद कल बहादुर हमाल सम्मिलित उक्त टोलीले जिल्लाका विभिन्न गाउँ तथा बस्तीहरूको स्थलगत
भरुवा बन्दुक सहित वडा सदस्य पक्राउ

भरुवा बन्दुक सहित वडा सदस्य पक्राउ

   
 हुम्ला खार्पुनाथ गाउँपालिका ४ का वडा सदस्य ६३ वर्षीया मक्क बहादुर रोकाया भरुवा बन्दुक सहित पक्राउ परेका छन् । शनिबार वडा सदस्य रोकायाकै घरमा लुकाएर राखेको उक्त भरुवा बन्दुक प्रहरीले फेला पारेपछि बन्दुक सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक संकर खड्काले बताउनु भयो । रोकायाको घरमा भरुवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान, ढुङगाको गोली ७ थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रङक
कर्णाली नदीमा एक बालक वेपत्ताः खोजी कार्य जारी ।

कर्णाली नदीमा एक बालक वेपत्ताः खोजी कार्य जारी ।

   
सोमबार दिउसो करिब ३ बजेबाट एक बालक वेपत्ता भएका छन् । मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ४ रावलबाडाका अन्दाजी ११ वर्षका आकाश मल्ल दिउसो बाट वेपत्ता भएका हुँन् । बिहान बाख्रा चराउन गएका आकास दिउसो गाउँ(रावलबाडा) बाट करिब ३।४ किलोमिटर टाढा पर्ने पिपलबुडा भन्ने ठाउँमा बाख्रा चराउदै लगेको र उक्त ठाउँमा नुहाउने क्रममा पौडी खेल्दा खेल्दै बेपत्ता भएको भन्ने खबर आएको तर अहिले सम्म आफ्नो बच्चा नभेटीएको

हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्यु

   
जुम्ला । जुम्लामा सुत्केरी भएर हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचार गर्दागर्दै मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको थियो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । उपचारको

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

   
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

   
 ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका वडा नम्बर २ स्थीत ठुला खोला भन्ने ठाउँमा भे २ त २०५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षिया नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शंकर खड्काले बताउनु भयो । उहाँका अनुसार बिहिबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर स
विषादीको सेवनबाट एक युवतीको मृत्यु ।

विषादीको सेवनबाट एक युवतीको मृत्यु ।

   
विषादी सेवनबाट सिमकोट गाउँपालिका–७ निवासी राजेन्द्र शाहीकी श्रीमती अन्दाजी २१ वर्षीया जिल्सा सिंह शाहीको मृत्यु भएको छ । हुम्ला जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका ७ की सिंह पुस २० गते आइतबार सिमकोट गाउँपालिका–६ अन्तर्गतको माथिल्लो गाउँ तिनधारा नजिक बाटोमा शाही अचेत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएका थिए । ज
निःशुल्क आँखा शिविरमा ५ सय २० जनाले आँखा जाँच गराएः ४१ जनाको शल्यकृया ।

निःशुल्क आँखा शिविरमा ५ सय २० जनाले आँखा जाँच गराएः ४१ जनाको शल्यकृया ।

   
जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५ सय २० जनाले आँखा जाँच गराएका छन । बिहिबारबाट सुरु भएको निशुल्क आँखा शिबिर तथा मोती बिन्दु शल्यक्रिया शिबिरमा ४० जनाको मोतीबिन्दु र १ जनाको टेरिजियमको निःशुल्क शल्याक्रिया गरिएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक बिनोद बुढाले बताउनु बताउनु भयो । नेपाल नेत्रज्योति सङ्घ हुम्ला