अख्तियारको प्रतिवेदनः भ्रष्टाचारको दर स्थानीय तहमा बढ्दै ।।
रेडियो श्रीनगर हुम्ला
२९ पौष । सबैभन्दा बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश दुइ रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा दुइ नम्बर प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएको पाइएको हो । यस्तै प्रदेश नं तीनमा पनि भ्रष्टाचार बढ्दै गएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो








