वडाध्यक्ष र कार्यकारी बीच हात हालाहाल
बैशाख १७ हुम्ला । सर्केगाड गाउँपालिकाको गाउँकार्यपालिका बैठकमै कार्यकारी अधिकृत रुद्र बहादुर शाही र वडा नम्बर ५ का वडा अध्यक्ष कर्णजंग शाही बीच हात हालाहाल भएको छ ।
वडा नम्बर पाँचका अध्यक्ष शाहीले माग गरेको योजना स्वीकृत नहुँदा कार्यकारी अधिकृतसँग हात हालाहाल भएको हो । वडा कार्यालयले गत वर्ष आफ्नै नयाँ भवन निर्माणका लागी गाउँपालिकाबाट रकम निकासा गरी भवन निर्माण गरेको भएपनि चालु आर्थिक वर्ष पुनः व









