हुम्लामा फागुन १८ गतेबाट एचपिभी खोप लगाउने
हिमाली जिल्ला हुम्लामा तीन हजार सात सय असी भाइल एचपिभी खोप आइपुगेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानका लागि हुम्लामा केही दिन अगाडी उक्त भाइल खोप आइपुगेको बताइएको छ ।
जिल्लामा पुगेको उक्त खोपका भाइल सुरक्षित साथ राखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । देशभर माघ २२ गतेदेखि उक्त खोप लगाउने अभियान सञ्चालन भएपनि हुम्लामा फागुन १८ ग









