दश दिनपछि गुसा लेखको फोरजी टावर सञ्चालनमा ।।
सर्केगाड गाउँपालिका–३ स्थित गुसा लेखमा रहेको नेपाल टेलिकमको फोरजी (द्धन्) टावर १० दिनपछि पुनः सञ्चालनमा आएको छ । जङ्गली जनावरले अप्टिकल फाइबरसँग जोडिएको आरबीबीयू केबलमा क्षति पुर्याएपछि अवरुद्ध भएको सञ्चार सेवा मर्मत सम्पन्न भएसँगै पुनः सुचारु भएको हो । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सिमकोटका प्राविधिक ओबजन शाहीका अनुसार लगातार तीन दिनसम्म गरिएको मर्मत कार्यपछि बुधबारदेखि टावर पूर्ण रूपमा सञ्चाल









