गृहमन्त्री थापा भन्छन्– भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ
२७ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।
कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताए ।
आज बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)को ज्ञापनपत्र बुझ्दै मन्त्री









