काममा आलटाल गर्नेको नामै किटेर गुनासो टिपाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन
काठमाडौँ — सरकारले तोकिएको समयमा काममा आलटाल गरेर दुःख दिए सार्वजनिक पदमा रहेका त्यस्ता पदाधिकारीको नामै किटेर माथिल्लो तहमा गुनासो टिपाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सार्वजनिक कार्यालयमा कामका फाइल अड्काउने, कामको समयावधि लम्ब्याउने र सेवाग्राहीले दुःख पाउने परिस्थितिको अन्त्य गर्न प्राविधिक र कानुनी सुधार गरिएको जनाएको छ ।









