मुगुमा जिप दुर्घटना हुँदा सात घाइते, ४ को अवस्था गम्भीर,गम्भीर चारै जनालाई नेपालगञ्ज रिफर
मुगु । जिल्लाको उत्तरी क्षेत्रको सोरु गाउँपालिका–६ को कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन । सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट सिपतर्फ जाँदैै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा सोरु गाउँपालिका, गिलाहा गाउँकी जलना बम, बन्जाह गाउँका धर्मबहादुर मल्ल, लिब्रुकी कमला शाही, नुवाकोट गाउँकी दर्शनादेवी शाही









