Author: रेडियो श्रीनगर

कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

   
बैशाख २५ काठमाडौ । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । कपिलवस्तुमा पहिलो
चार जनाको आरडिटी परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ

चार जनाको आरडिटी परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ

   
बैशाख २५ हुम्ला । अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेकोे क्वारेनटाईनमा राखीएका मध्ये ४ जनाको परिक्षण गरीएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ देखीएको छ । काठमाडौ नेपालगञ्ज र सुर्खेत हुँदै गाउँमा पुगेका बिद्यार्थी तथा नागरीकहरुलाई अदानचुली गाउँपालिकाले करिब १ सय १९ जनालाई क्वारेनटाईनमा राखेको छ । अदानचुली गाउँपालिकाले केही असक्त र छुट्टै एकान्त घर भएका केही ब्यक्तिलाई होम क्वारेनटाईनमा राखेको छ ,
सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग

सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग

   
भिम बहादुर परियार बैशाख २४ सुर्खेत । लकडाउनका कारण सुर्खेतमा रहेका सर्केगाड गाउँपालिकाका नागरीकलाई आर्थिक सहयोग गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समस्यामा परेका हुम्लाको सर्केगाड गाउपालिका नागरिक वा विद्यार्थिहरुलाई नेकपा हुम्लाका सचिवालय सदस्य तथा सर्केगाड गाउपालिकाका सह इन्चार्ज छवि थापा र पुर्व सांसद छिमिदाेर्जे लामाको आर्थिक सहयोगमा राहत वितरण गरेको छन् । कोरोन
नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए

   
बैशाख २४ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा ९बीरगञ्ज० का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालय प्रवक्ता ड
क्वारेन्टाइनमा बेड नहुँदा भुइमा सुतिरहेका नागरीकलाइ मानसरोवर होटेलद्धारा १५ वटा बेडको सहयोग

क्वारेन्टाइनमा बेड नहुँदा भुइमा सुतिरहेका नागरीकलाइ मानसरोवर होटेलद्धारा १५ वटा बेडको सहयोग

   
दाने बोहरा बैशाख २४ हुम्ला । सिमकोट वडा पाँच तल्लो गाउँमा रहेको भिमसेन आधारभुत विद्यालयको क्वारेन्टाइनमा रहेका नागरीकका लागी मानसरोवर होटेलले बेड सहयोग गरेको छ । वडा पाँच कार्यालयले बेड बनाउन नसक्दा भुइमा सुत्दै आएका वृद्धवृद्धालाई सित लाग्ने डरले रहेको भन्दै आजै मानसरोवर होटेलले १५ वटा बेडको सहयोग गरेको जानकारी हक्कि संघ हुम्लाका रामजन रावतले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले जिल्ला
अकोराबले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

अकोराबले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

   
बैशाख २३ काठमाडाै । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले बन्दाबन्दीको समयमा सामुदायिक रेडियोमार्फत विद्यार्थीलाई पठनपाठन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै अकोराबले सामुदायिक रेडियोको प्रभाव दुर्गम बस्तीसम्म भएको र पहुँच पनि सर्बसुलभ भएकाले सामुदायिक रेडियोबाटै पठनपाठन गराउन आग्रह गरेको हो । अकोराबका अध्यक्ष सु
दुई क्वारेन्टाइनमा बसेका नागरीकलाई आर्थिक सहयोग ।।

दुई क्वारेन्टाइनमा बसेका नागरीकलाई आर्थिक सहयोग ।।

   
बैशाख २३ हुम्ला । सिमकोट गाउँपालिका वडा पाँच र छ मा रहेका दुई क्वारेन्टाइनमा बसेका नागरीकलाई आर्थिक सहयोग जुटेको छ । केहीदिन अगाडी जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट उद्धार गरी वडा ६ मा रहेको कालाशिल्ता प्रावि र वडा पाँच भिमशेन आधारभुत विद्यालयका क्वारेन्टाइनमा बसेका ७२ जनालाई सिमकोट गाउँपालिका वडा पाँचका राजु रावतले एक लाख पैछट्टी हजार रुपैयाँ आजै आर्थिक सहयोग गरेको भिम रोकायाले
हुम्लामा किट अभाव कोरोना परीक्षण रोकियो ।।

हुम्लामा किट अभाव कोरोना परीक्षण रोकियो ।।

   
दाने बोहरा हुम्ला बैशाख २३ हुम्ला । हुम्लामा पछिल्लो समय पैदल र हवाई मार्गबाट जिल्ला भित्रीएका नागरीकलाई कोरोना परीक्षण गर्नका लागी किट नहुँदा परीक्षण रोकीएको छ । जिल्लाका सात स्थानीय तह मध्य तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा २१ जनाको परीक्षण गरीएको छ भने अन्य ६ वटा स्थानीय तहमा किट नहुँदा ठूलो संख्यामा जिल्ला बाहिरबाट उद्धार गरी जिल्लामा भित्रिएका नागरीकलाई परीक्षण गर्न किटको अभाव ह
नेपालगञ्जमा कोरोना संक्रमति २३ पुग्यो

नेपालगञ्जमा कोरोना संक्रमति २३ पुग्यो

   
बैशाख २३ बाँके । एक बालिकासहित थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । नेपालगञ्जमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । उनीहरू सबै नेपालगन्ज–८ का बासिन्दा हुन् । नेपालगन्जमा मंगलबार संक्रमण
छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ

छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ

   
बैशाख २२ हुम्ला । छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएका २१ जनाको आरडीटी टेस्ट नेगेटिभ देखीएको छ । भारतको पिथौरुगढ हुँदै आएका अदानचुली गाउँपालिकामा बैशाख २१ गते भित्रिएका एक्काइसै जनाको रिपोर्ट नेगेटिभ देखीएको अदानचुलि गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ । बैशाख २० गते हुम्ला र बाजुराको समाना कुवाडी हुँदै अदानचुली गाउँपालिकामा प्रबेश गरेका ३२ जना मध्ये २१ जना अदानचुलीक