गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण
बैशाख १२ हुम्ला । ताँजकोट गाउँपालकिाले आफ्नै गाउँपालिकाको खर्चमा स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष बागदल मल्लको संयोजकत्वमा गठित बिपद ब्यबस्थापन कोषबाट करिब ७ लाखको खरिदमा गाउँपालिकामा पुगेको स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए ।
बिस्वकै महाँमारीको रुपमा देखीएको कोरोना भाईरसलाई न्यूनिकरण गर्न तथा गाउँपालिकामा उक्त भाइरस भित्रिन नदिनको लागि ७ हजार सर्जिकल माक्स, पिपि








